काठमाडौं । डा. सुजन ढकाललाई पक्राउ परेका छन् । नर्स अनुमा श्रेष्ठले आइतबार ढकालको घरमा आत्महत्या गरेकी थिइन्। अनुमाका परिवारका सदस्यले डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनको उजुरी दिएका थिए।
सोही उजुरीकै आधारमा डा. ढकाललाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
‘हामीले ढकाललाई पक्राउ गरेका छौँ थप अनुसन्धान भइरहेको छ ।’ डीएसपी कुँवरले भने ।
अनुमा र सुजन लामो समय प्रेममा रहेको र विवाह गर्न नमानेपछि आफूले आत्महत्याको बाटो रेजेको अनुमाले आफ्नो सुसाइड नोटमा उल्लेख गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया