काठमाडौं । नेपाल आर्थिक संघ, नेपालका अर्थशास्त्रीहरुको एकमात्र साझा संगठनका वरिष्ठ उपाध्यक्ष डा भवानी प्रसाद ढुंगानाको नेतृत्वमा गएको संघको टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ ।
अगामी आर्थिक बर्ष २०८० र ८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउन पर्ने कुरामा जोड़ दिईएको थियो । अर्थमन्त्री डा प्रकाश शरण महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्रीहरूको संगठन भएकोले सहकार्य गर्न तयार रहेको कुरा बताएका छन् आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने कुरा बताए । सोहि अवसरमा संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थ मन्त्रीलाई मानार्थ सदस्यता प्रधान पनि गरेका थिए ।
उक्त अवसरमा उपाध्यक्ष्य प्रा डा गोबिन्द नेपालले अर्थ मन्त्रालय सँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने कुरा बताए । त्यसैगरी नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारी देश बिभिन्न जल्दा बल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघसँग सहकार्य गर्दा त्यो पनि अनुसन्धान आधारित, सरकारलाई उयोगी बजेट आउन सक्छ । त्यसैले अनुसंधानमा आधारित प्रतिवेदनहरू जसले देसको समग्र अर्थतन्त्र माथि उकास्ने सहयोग गर्छ, त्यसमा अर्थ मन्त्रालयले राम्रोसंग अध्ययन गरि बजेटमा समाबेश गर्न सके बस्तुपरक हुने कुरा, डा तिवारीले बताए ।
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोशराज पांडेले नेपाल आर्थिक संघसँग सरकार पहिलेदेखिनै निति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्यमा लागिपरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया