माधवकुमार नेपालले दिए श्रमिक दिवसको शुभकामना

लोकपथ
63
Shares
cWoIf g]kfn sf7df8f}F, !! kmfu’g M g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn laxLaf/ kf6L{sf] afudtL k|b]; sld6Ln] cfof]hgf u/]sf] k|lzIf0f sfo{qmddf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी मजदुर वर्गका सामाजिक सुरक्षालगायत हक अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै मुलुकको विकास र आर्थिक समृद्धिका लागि श्रमिक वर्गको अधिकार तथा हितको सम्वद्र्धन गर्नुपर्ने बताएका हुन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको सन्देशमा मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएको उल्लेख गरिएको छ ।

देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा श्रमिक वर्गको उल्लेखनीय सहभागिता तथा योगदान रहेको उल्लेख गर्दै सन्देशमा उनीहरूको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टी सदैव क्रियाशील रहेको जनाइएको छ ।

सन्देशमा समाजमा विद्यमान शोषण, अन्यायका साथै गरिबीको अन्त्य गर्न श्रमिक वर्गको सहभागितामा कम्युनिष्ट पार्टीको स्थापना गरिएको जनाउँदै समाजवादी अर्थव्यवस्थामा मजदुर वर्गको सामाजिक सुरक्षा र सबै अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?