कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

लोकपथ
14
Shares

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य हुने सूचना गरेकी हुन्।

प्रदेशको १५औँ बैठकमा सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य हुने जानकारी गराइन् ।

आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष पुगेर सिफारिस पत्र बुझाएका थिए । गत पुस १८ गते बसेको प्रदेशको पहिलो बैठकसँगै चालु अधिवेशनअन्तर्गत आजसम्म २० घण्टा सात मिनेटको समयावधिमा १५ वटा बैठक बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?