जाँचबुझ आयोगको उद्घाटन गर्दै गृहमन्त्रीले भने-‘अब मिटरब्याज पीडितहरूले न्याय पाउँछन्’

लोकपथ
56
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

मिटरब्याजपीडितहरूलाई न्यायका लागि गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा उद्घाटन गर्दै उनले पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

‘मिटरब्याजपीडितहरूलाई न्याय र पीडकहरूलाई कानूनी कारबाही गर्न यो कार्यालय स्थापना भएको छ । अब मिटरब्याज पीडितहरूले न्याय पाउनेछन् । उनले भने ।

उनले नेपालमा सामन्तवादी शोषणको रूपमा कायम मिटरब्याज समस्यालाई हर हालतमा समाधान गर्ने प्रतिवद्धतासमेत जनाए । गृहमन्त्री श्रेष्ठले आयोगका अध्यक्ष र सदस्यहरूले पाएको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?