‘वाइडबडी खरीद अनियमिततामा सरकार दोषी छैन’

उर्लाबारी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताएका छन् । 

मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आज आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उनले भने, ‘काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको थियो ।’

मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइडबडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गरे ।

डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि उनले बताए । यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?