रवीन्द्र मिश्रले भने, ‘नजानेको यात्रामा सँगै हिँड्दा कमजोरी भयो होला’

काठमाडौं । पार्टी फुटपछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नजानेको यात्रामा सँगै हिड्दा कमजोरी भएको बताएका छन् । 

शनिवार दिउँसो रवीन्द्र मिश्रले पत्रकार सम्मेलन गर्दै मिश्रले आफूहरु नजानेको यात्रा (राजनीतिक)मा सँगै हिँडेको भन्दै त्यसक्रममा दुवै पक्षबाट कमजोरी बताएको बताएका हुन् । 

उनले भने, ‘हामी यो तीनवटै चुनौतीबाट माथि उठ्छौं भन्ने थियो । माथि उठ्ने क्रममा यो पटक जस्तो जटिलता आयो, मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौं । र, त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौं ।’      

मिश्रले आफूहरु नजानेको यात्रामा (राजनीति) हिँडेको भन्दै त्यसक्रममा दुवै पक्षबाट कमजोरी भएकोे बताए । उनले भने, ‘नजानेको यात्रामा हामीसँगै हिँड्दा हाम्रो तर्फबाट कमजोरी भए होलान् । उहाँका तर्फबाट पनि भए होलान्। सँगै हुँदा केही राम्रा कुराहरु पनि भएका छन् होला । ’ 

नेपाली समाजको धारातलीय विरोधाभाष र जटिलताहरू वैकल्पिक पार्टी निर्माणमा पनि आउने भन्दै त्यस्ता प्रतिकुलताबाट आफूहरु माथि उठेर अघि बड्ने मिश्रले बताए  ।

विवेकशील पार्टी र साझा पार्टीबीच वि.सं. २०७४ साउन ११ गते पार्टी एकता भएको थियो ।पार्टी एकता भएको १७ महिनामै ‘विवेकशील साझा पार्टी’ फुटेको हो । 

संयोजक उज्जवल थापा पक्ष र रविन्द्र मिश्र पक्षबीच विवेकशील साझामा केही समयदेखि खटपट चलिरहेको थियो ।

पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?