काठमाडौं । सरकार गठनदेखि नै प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका कमजोर भएको भन्दै पार्टीभित्र र बाहिर निकै आलोचना भयो । आलोचना भइरहे पनि उसले यसअघिसम्म शैली सुधार्न सकेको थिएन ।
तर अब भने कांग्रेसले केहि सक्रियता बढाउने संकेत देखाएको छ, उसले प्रतिपक्षका रूपमा आफ्नो भूमिका सशक्त पार्न छाया सरकार बनाउने प्रक्रिया अघि बढाएको छ ।
बेला-बेलामा राजनीतिक विश्लेषक र राजनीतिमा चासो राख्ने नागरिकदेखि आम सार्वसाधारण समेतले कांग्रेसको प्रतिपक्षी भूमिकामा प्रश्न उठाउदै आएका छन् ।
यसअघि पनि विभिन्न सभा सम्मेलनमा शीर्ष नेताहरुले छाया सरकार बनाउने बताउदै आएको थिए तर, त्यसले मूर्तरुप भने लिन सकेको थिएन ।
पार्टीभित्र नै विभिन्न उप-उपगुट रहेको भनिएको कांग्रेसमा महासमिति बैठकपछि ती गुटको अन्त्य भएको नेताहरुको दावी छ । बैठकपछि शीर्ष नेताहरुले नै पार्टीमा कुनै गुट र मनमुटाव नरहेको स्पष्ट पारेको थिए ।
यसले पनि गठनको प्रक्रियामा रहेको छाया सरकारले पूर्णता पाउनेमा धेरै आशावादी छन् तर, ढुक्क भइसकेको अवस्था भने छैन ।
बेला-बेलामा राजनीतिक विश्लेषक र राजनीतिमा चासो राख्ने नागरिकदेखि आम सार्वसाधारण समेतले कांग्रेसको प्रतिपक्षी भूमिकामा प्रश्न उठाउदै आएका छन् ।
प्रतिपक्षीको भूमिकामा कांग्रेसले सरकारका कमीकमजोरी औल्याउन र विकल्प दिन नसकेको धेरैको तर्क छ । यी सबै प्रश्नलाई मत्थर पार्न छाया सरकारको गठन प्रक्रिया सुरु गरेको कांग्रेसको दावी छ ।
जनचासोका विषयमा खबरदारी गर्न छाया सरकार
सरकारका पछिल्ला गतिविधिबारे प्रमुख प्रतिपक्षी कांग्रेसको भूमिका सन्तोषजनक हुन नसकेको भनी पार्टीभित्रैबाट प्रश्न उठ्न थालेपछि कांग्रेस जुर्मुराएको हो ।
छाया सरकार बनाउने काम प्रारम्भ गरेको कांग्रेसले तीन दिनभित्र सांसदलाई रुचि रहको तीन मन्त्रालयको नाम पेस गर्न निर्देशन दिएको छ ।
सरकारका सबै कामको निगरानी गर्नेगरी एक सातामै छायाँ सरकार गठन हुने प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।
‘संसदीय दललाई अझै प्रभावकारी बनाउन छाया सरकारको तयारी गरेका छौँ,’ प्रमुख सचेतक खाणले भने, ‘सबै मन्त्रालय हेर्ने गरी सांसदहरूलाई जिम्मेवारी दिँदै छौँ ।’
आइतबार संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएपछि सरकार र सभामुखप्रति कांग्रेस चिढिएको छ ।
कांग्रेसले लिखित रूपमै पार्टीका सांसदहरूलाई तीन वटा रुचि भएको मन्त्रालयको नाममा आफूलाई सिफारिस गर्न निर्देशन गरेको छ ।
सांसदको रुचिअनुसार मन्त्रालयको भागवण्डा मिलाउने र एकभन्दा बढी मन्त्रालय एक जनालाई पनि पर्न सक्ने कांग्रेसले जनाएको छ । नेतृत्वको विषयमा भने कांग्रेस स्पष्ट भइसकेको छैन ।
आइतबार संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएपछि सरकार र सभामुखप्रति कांग्रेस चिढिएको छ । राजनीतिक विश्लेषकहरुले भने छाया सरकार प्रभावकारी हुनेमा शंका व्यक्त गरेका छन् ।
छाया सरकार गठनले मात्र हुदैन, भूमिका सशक्त हुनुपर्छ
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ कांग्रेसले गठन प्रक्रिया थालेको छाया सरकारको भूमिका सशक्त हुनुपर्ने बताउँछन् ।
‘सरकारका गतिविधिलाई नियाल्ने हो भने दरो प्रतिपक्षीको खाँचो देखिन्छ,’ उनले भने, ‘छाया सरकार गठन गरेर मात्र हुदैन, उसको भूमिका पनि सशक्त हुनुपर्छ ।’
सरकारले गर्ने हरेक कामको निगरानी आवश्यक रहेको भन्दै उनले प्रतिपक्षी कमजोर हुँदा अनियमितता बढ्ने बताए ।
‘आलोचना मात्र होइन, सरकारलाई विकल्प दिनसक्ने गरी छाया सरकार गठन हुनुपर्छ,’ उनले भने, ‘छाया सरकारका मन्त्रीमा पनि दक्षता आवश्यक छ ।’
छाया सरकारले विदेशी राष्ट्रको नक्कल मात्र नभएर व्यवहारमै काम देखाउन सक्नुपर्नेमा धेरैको जोड् छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया