मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चोभारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?