काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशंकरले नेपाली समकक्षी एनपी साउदलाई बधाई तथा शुभकामना दिएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै आफ्नो पदभार सम्हालेका साउदलाई जयशंकरले साँझ ट्वीटरमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।
‘हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन मिलेर काम गर्न तत्पर छु । तपाईको नयाँ भूमिकामा सफलताको शुभकामना !’ उनले ट्वीटरमा भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया