प्रधानमन्त्री ओलीको स्पष्टीकरण, भन्छन्- ‘हचुवाको भरमा बोलेको होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा दिएको अभिव्यक्ति तथ्यमा आधारित रहेको दाबी गरेका छन् ।

संसदमा गलत तथ्यमा सावजनिक गरेको भन्दै सञ्चार माध्यममा आलोचना भइरहेका बेला आफूले दिएको अभिव्यक्ति तथ्यमा आधारित रहेको बताएका हुन् ।

सोमवार नेपाल चेम्बर अफ कमर्सको ६८ ‍औं साधरणसभामा बोलदै प्रधानमन्त्री ओलीले आइतवार प्रतिनिधि सभाको बैठकमा चालू आर्थिक वर्षको पाँच महिनाको आर्थिक सूचक सकारात्मक रूपमा अघि बढेको बताएका हुन् ।

आफूले संसदमा तथ्यमा आधारित रहेर बोलेको भन्दै न्युरोडमा पिँजडामा राखेको सुगाले खाम निकालेर दिए जसरी नबोलेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतवार संसदमा मूल्यवृद्धि दर ३.७ प्रतिशतमात्र रहेको भनेर संसदमा भनेका थिए तर तर मूल्यवृद्धिको हिसाबकिताब राख्ने राष्ट्र बैंकको तथ्याङ्कमा ४.२ प्रतिशतले भाउ बढेको उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?