विश्व प्रसिद्ध फिल्ली क्याफे नेपालमा

लोकपथ
161
Shares

काठमाडौं । फिल्ली क्याफे नेपालले काठमाडौंको लाजिम्पाटमा फिल्ली क्याफे नेपाल आउटलेट शुरुवात गरेको छ ।

एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिसँगको सहकार्यमा सञ्चालक नबिन खड्का र धु्र्रब रिजालले शुक्रबारबाट शुरुवात गरेका हुन् ।

आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको धु्रब रिजाल र नबिन खड्काले जानकारी गराए ।

फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मौरिससमा ब्यापक उपस्थितिको साथ विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रुपमा स्थापित छ । अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार गर्न लागिएको हो ।

काठमाडौंका क्याफेहरूले स्थानीय स्वाद र अन्तर्राष्ट्रिय परिकारहरूको अद्वितीय मिश्रण प्रदान गर्दछ, र फिल्ली क्याफे यस मिश्रणमा आफ्नै विशेष छाप थप्नका पनि उत्साहित रहेको छ । फिल्ली क्याफेमा चिया अर्गानिकरूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमन साथ बनाइन्छ, जसले चियाका पारखीहरुकोे लागि भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गर्ने बताइन्छ ।

 

‘हामी काठमाडौंमा फिल्ली क्याफेको अनुभव ल्याउन पाउँदा हर्षित छौं’ फिल्ली क्याफेका संस्थापक रफिह फिल्लीले जानकारी गराए । ‘हाम्रा क्याफेहरू जीवन्त ठाउँहरूका लागि डिजाइन गरिएका छन् जहाँ मानिसहरू एकसाथ भेला हुन सक्छन् र उनीहरूको व्यस्त दिनहरूको बिचमा आरामले चिया गफ गर्न सक्छन् ।’

त्यस्तै आफूहरुले काठमाडौंका नयाँ ग्राहकहरुलाई आफ्नो ब्राण्ड परिचित गराउन र शहरको जिवन्त खाना र पेय दृष्यको हिस्सा बन्न पर्ख नसक्ने टिप्पणी गरे ।

‘हामी काठमाडौंमा नयाँ ग्राहकहरूलाई हाम्रो ब्रान्ड परिचय गराउन र शहरको जीवन्त खाना र पेय दृश्यको हिस्सा बन्न पर्खन सक्दैनौं ।’ फिल्लीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?