काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदमा आफू प्रश्न उठाँउदै थाकिसकेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उनले आफूले पाँच वर्षदेखि जबदी पुलको विषयमा कुरा उठाएपनि कसैले नसुनेको गुनासो गरेका छन् ।
“पाँच वर्षदेखि कराउँदा–कराउँदा थाकिसकेँ, मेरो जिल्लामा एउटा भत्किएको पुल छ । दश वर्षदेखि बनाउँन थालेको बनाउँदा बनाउँदै भत्कियो । जबदीको पुलबारे मन्त्री, प्रधानमन्त्री सबैलाई थाहा छ । तर, बन्दै बन्दैन । यसबारे पुनः ध्यानार्षण गराउँछु ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया