काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर देशमा संघीयता टिकाइएको टिप्पणी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले सो कुरा बताएका हुन् । उनले विदेशबाट ऋण ल्याएर देशमा संघीयता टिकाइएको टिप्पणी गरे ।
‘संघीयता जम्मा दुई कारणले प्रदेश दुई वटा कारणले चाहिन्छ । एउटा पहिचानका लािग चाहिन्छ, अर्को देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्न चाहिन्छ ।’ उनले भने, ‘तर आज यो देशमा संघीयता कार्यकर्ता भर्ती राख्ने । कहीँ नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
त्यस्तै उनले विदेशबाट ऋण ल्याएर संघीयता ल्याइएको टिप्पणी गरे ।
‘विदेशीसँग ऋण मागेर ल्याइएको पैसा कहाँ गयो । पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख खर्च भयो । यदी एक अर्ब बराबर ३ सय जना मात्रै कर्मचारी राख्न सकिन्छ भने झण्डै ४ लाख ८९ हजार ६ सय जनाले रोजगारी पाउँछन् ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया