सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीनता : रघुजी पन्त

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले ‘सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार, दिशाहीनता र अन्योल मात्रै भएको आरोप लगाएका हुन् ।

सरकारले १०० दिनको उपलब्धी भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताएका छन् ।

‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ उनले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?