‘अन्तिम चौमासिकमा ठुलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नुपर्छ’

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखिएको बताएका छन् ।

आज संसदमा सम्बोधन गर्दै उनले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकि छँदा करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने परम्परा अन्त्य गरिनु पर्नेमा जोड दिएका हुन् ।

‘औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको छ । विकासमा छुट्टाईएको रकम समयमैं खर्च हुन नसकेर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रको लागि राम्रो मानिँदैन। यसबाट लक्षित र गुणस्तरीय काम समयमानै सम्पन्न हुन्छ भन्नेमा शंका गर्न सकिन्छ ।’ सम्बोधनका क्रममा उनले भने ।

त्यस्तै संसदमा सम्बोधन गर्दै उनले वार्षिक बजेट क्यालेण्डर बनाइ प्रत्येक महिनामा निश्चित प्रतिशत विकास वजेट खर्च गर्न र सोही अनुरुप सम्बन्धित निकायहरुको कार्यसम्पादन मुल्यांकन गरी वजेट व्यवस्थापनको कमजोरी हटाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?