काठमाडौं । साढे तीन महिनादेखि खाली नेपाल प्रहरीका १५ एसएसपीको पदपूर्ति तत्काल गर्न प्रहरी नियमावली संशोधन गर्न लागिएकोमा लोकसेवा आयोगले अस्वीकार गरेको छ ।
लोकसेवाले प्रहरी नियमावली संशोधन गर्न नमिल्ने राय गृह मन्त्रालयलाई दिएको हो ।
एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने प्रावधान हेरफेर गरेर तीनवर्षे पदावधि कायम गर्दै बढुवा प्रक्रिया बढाउने तयारीमा मन्त्रालय थियो ।
तर, लोकसेवाले प्रावधान फेर्न सहमति नदिएपछि अब आगामी फागुनमा मात्रै एसएसपीमा बढुवा हुने भएको छ । अहिलेका एसपीहरूको पदावधि १० फागुनमा चार वर्ष पुग्छ ।
लोकसेवाले नियमावली परिवर्तन गर्नुभन्दा संघीय प्रहरी ऐनमै एसपी बढुवाका लागि तीनवर्षे पदावधिको प्रावधान राख्न सुझाब दिएको छ । संघीय प्रहरी ऐनको मस्यौदा ६ महिनादेखि कानुन मन्त्रालयमा छ । आजको नयाँपत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया