दमौली । तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुले तयारीलाई तीव्र पारेका छन् ।
सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई न्याय गरिनुपर्ने बताएका छन् ।
मत माग्ने क्रममा तनहुँको भानु नगरपालिका पुगेका उनले भट्टराईलाई न्याय हुनुपर्ने बताएका हुन् । ‘गोविन्द भट्टराईलाई न्याय हुनुपर्छ, उनले भने ।
मतदातामाझ आशावादी भएर पुगे पनि भट्टराईको पक्षमा नागरिक देखेपछि हतास देखिएका वाग्ले अन्यत्र प्रचारका लागि हिंडेका थिए ।
मत माग्ने क्रममा स्थानीयले तनहुँको विकासमा भट्टराईको योगदान रहेको भन्दै भट्टराईलाई नै मत दिने बताएका थिए । ‘गोविन्द भट्टराईले यहाँको विकासका लागि प्रशस्त योगदान दिनुभएको छ’, एक मतदाताले भने, ‘उहाँलाई न्याय गर्नुपर्छ ।’
तर, त्यसक्रममा हतास देखिएका उम्मेदवार वाग्लेले भट्टराईलाई राष्ट्रिय सभामा पठाइने दाबी समेत गरेका थिए । वाग्लेले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नै भट्टराईलाई राष्ट्रिय सभामा लैजाने भन्दै प्रचार गरेको भिडियो सामग्री बाहिरिएपछि उनको आलोचना भइरहेको छ ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनेका वाग्लेले पार्टीले उचित मूल्यांकन नगरेको भन्दै रास्वपा प्रवेश गरेका थिए । रास्वपाले उनलाई तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बनाएको छ । यता कांग्रेसबाट भट्टराई र एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया