काठमाडौं वाइड बडी खरिद प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई कालोमोसो दलिएको छ ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्किारी माओवादी निकट युवा संगठनले कालोमोसो दलेको हो ।
वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजकले बताए ।
भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको हो ।
युवा लिगका कार्यकर्ताहरु दिउसो चार बजे कंशकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया