सीमावर्ती क्षेत्रमा दुई समूहबीच भएको झडपमा गोली हानाहान

लोकपथ
91
Shares

काठमाडौं । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप हुँदा गोली चलेको छ ।

सीमा क्षेत्र दरैया नाका नजिकै रहेको भारतको जोगबनी–४ टिकुलिया बस्तीमा दुई समूहबीच गोली हानाहान भएको हो । गोली हानहानमा अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ ।

लागूऔषध कारोबारीबीच गोली हानहान भएको अनुमान लगाइएको भएपनि नेपालको सिमा क्षेत्र नभएका कारण के भएको हो भन्ने आधिकारिक पुष्टि भने नभइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले लोकपथलाई जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?