तनहुँ–१ मा रास्वपाबाट स्वर्णिमले दर्ता गराए उम्मेदवारी

लोकपथ
56
Shares

तनहुँ । तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

केहीबेरअघि वाग्लेले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले देशमा सुशासन कायम नभएकाले अहिलेको अवस्था आइपरेको भन्दै त्यसलाई चिर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

१० वैशाखमा उपनिर्वाचनका लागि सो क्षेत्रमा वाग्लेसहित एमालेबाट सवेन्द्र खनाल, नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?