जनयुद्द दिवसमा बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

लोकपथ
63
Shares

काठमाडौं । फागुन १ गते जनयुद्द दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट आज दर्ता भएको हो ।

उक्त रिटको चैत २२ गते बुधबारका लागी पेशी तोकिएको कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

द्धन्द्धकालिन मुद्दा अझै नटुंगिएको अवस्थामा पीडितहरुले अझै न्याय नपाएको भन्दै यसअघि कल्याण बुढाथोकी र गंंगामाया अधिकारीसहित पीडितहरुले रिट दर्ताका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएका थिए ।

संविधानले जनयुद्दलाई नचिन्ने भन्दै पीडितहरुले न्याय नपाएको अवस्थामा सार्वजनिक बिदा दिएर शहीदहरुकै अबमूल्यन भएको भन्दै रिट दर्ता गरिएको शर्माले बताए ।

‘हाम्रो संविधानले जनयुद्द दिवस भनेर चिनेकै छैन । जनयुद्द दिवसमा हजारौँ मानिसहरु मारिए । संक्रमणकालको मुद्दा अझै टुंगिएको छैन ।’ उनले भने, ‘त्यस्तो अवस्थामा पीडितलाई नै अपमान हुने गरी, सदाहत प्राप्त गर्ने व्यक्तिहरुको अबमूल्यन गरिएको भन्दै रिट दर्ता भएको हो ।’

फागुन १ गते सरकारले जनयुद्द दिवसमा सार्वजनिक बिदा दिएसँगै त्यसको चौतर्फी विरोध भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?