काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् ।
केहीबेरअघि लामिछानेले चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यस्तै अन्य राजनीतिक दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउँदै छन् । सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।
गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित लामिछाने नारिकता विवाद मुद्दामा मुछिएर सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया