काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएर नेपाली कांग्रेसले चुनावको तयारी थालेको छ ।
कांग्रेसले तनहुँ क्षेत्र नं १ मा गोविन्दराज भट्टराई र चितवन क्षेत्र नं २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । भने बारा क्षेत्र नं २ जनता समाजवादीको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार हुने उम्मेदवारी दर्तामा कांग्रेसले दुई महामन्त्रीलाई पठाउने निर्णय गरेको छ ।
तनहुँमा महामन्त्री गगनकुमार थापा र चितवनमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा जाने भएका हुन् ।
भोलि हुने मनोनयनका लागि महामन्त्रीद्व एक एक निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया