रवि लामिछानेविरुद्धको रिट लिएर सर्वोच्च पुगे युवराज

लोकपथ
126
Shares

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ ।

लामिछानेले राहदानी दुरुपयोग गरेको भन्दै त्यसको अनुसन्धानको मागसहित युवराज सफलले रिट पेश गरेका हुन् ।

तर थप अनुसन्धान गर्ने भन्दै सर्वोच्चले फर्काइदिएको छ ।

यसअघि फागुन ३० गते प्रहरी र चैत ६ गते महान्याायधिवक्ता कार्यालयले उनीविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो । सोही निर्णय उल्ट्याएर उनीविरुद्ध मुद्दा चलाउने पर्ने भन्दै सर्वोच्चमा रिट पुगेको हो ।

यसअघि गत माघ १२ गते सर्वोच्चले उनको नागरिकता विवाद मुद्दामा संसद पद खारेज गरेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?