कांग्रेस पार्टी कार्यालय : भित्र नेताको बैठक, बाहिर नेविसंघको अनसन

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बिहान १० बजे बोलाइएको बैठकमा नेताहरुको आउनेक्रम जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघको असन्तुष्ट पक्षले अनसन शुरु गरेको छ । शनिबारबाट शुरु भएको अनसन आज पनि जारी रहेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको राजीनामा मागसहित १२आँै महाधिवेशनको सुनिश्चितताको विषयमा असन्तुष्ट पक्षले अनसन शुरु गरेको हो ।

नेताहरुले अनसनकारीहरुको राय लिइरहेका छन् । भने पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?