रेशम चौधरी सिंहदरबारमा, सभामुखले पद तथा गोपनीयताको शपथ गराइँदै

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका छन् । 

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चौधरी शपथ ग्रहणका लागि सिंहदरबार ल्याइएको हो ।  

सभामुख कृष्णबहादुर महराको निजी सचिवालयमा सांसद चौधरीलाई पद तथा गोपनीयताको शपथ गराइने छ । 

शपथपछि सांसल चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?