काठमाडौं । मन्त्रिपरिषद् विस्तारको काम अन्मित चरणमा पुगेको छ ।
दिउँसो ३ बजे शपथ ग्रहणको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल मन्त्रीहरुको सूची तयार गरेका हुन् ।
८मन्त्रालयसहित सरकारमा सामेल हुने लागेको नेपाली कांग्रेसबाट ४ मन्त्रीको नाम टुंगिएको छ । भने बाँकी ४ मन्त्रीको नामबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
कांग्रेसबाट जसमा पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् भने प्रकाश शरण महत अर्थमन्त्री बन्ने भएका छन् ।
यस्तै रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री बन्ने भएकी हुन् ।
५ मन्त्रालयसहित सरकारको नेतृत्व माओवादी केन्द्रले गर्नेछ । जसअनुसार यसअघि उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठले उपप्रधानसहित गृहमन्त्री पाउने भएका छन् । शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्ने भएका छन् यता रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम हुने स्रोतले जनाएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।
२ मन्त्रालसहित सरकारमा जान लागेको एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्र ी बन्दैछन् । भुसालले कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका हुन् ।
जसपाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित अकोश राई बन्दैछन् । भने अन्य एक मन्त्रीका बारेमा छलफल भइरहेको छ । यता लोसपाबाट शरदसिंह भण्डारी भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएका हुन् ।
यसअघि मन्त्री बनाएको जनमत पार्टीले पहिलेकै मन्त्रालय पाउने छ । जनमतका अब्दुल खानको खानेपानी तथा सरसफाइ मन्त्री पद कायम हुनेछ ।
त्यसो त अझै ५ मन्त्रालयको भागबण्डा भने टुंगिन बाँकी रहेको छ । जसमा जसमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । त्यसमा ४ मन्त्रालय कांग्रेस र एक मन्त्रालयमा जसपा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया