काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
आज बसेको पार्टीको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
वर्तमान गठबन्धनमा आवद्ध नागरिक उन्मुक्तिलाई एक मन्त्रालय भागमा परेको छ । जसअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित श्रेष्ठ सरकारमा सहभागि हुन लागेकी हुन् ।
प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद छन्।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया