झापा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिक आन्दोलनमा निर्णायक भूमिका आफूहरूले खेलेको बताएका छन्।
शुक्रबार नेकपा एकीकृत समाजवादी झापाले आयोजना गरेको २ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाली राजनीतिको कोर्ष परिवर्तनमा आफूहरूको भूमिका उल्लेख्य रहेको बताए ।
उनले संविधान र प्राप्त उपलव्धिको रक्षाको लागि पनि आफूहरूले निर्णायक भूमिका खेलेको बताए।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपाल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज र भोलि पार्टीका सम्मानित नेता झलनाथ खनाल महासचिव घनश्याम भुसाल केन्द्रिय सदस्य तथा स्कुल विभाग सचिव अशेष घिमिरे लगायत नेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया