राप्रपाले माग्यो पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । 

राप्रपाको केन्द्रीय कार्यसम्पदान समितिको बुधवार बसेको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदा दिन माग गरेको हो । 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्लालगायत सबै तहलाई निर्देशन दिएको नेता भुवन पाठकले जानकारी दिए । 

बैठकमा केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भ्रातृ सङ्गठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको थियो । 

त्यस्तै बैठकले यही आउँदो फागुन १५ गतेदेखि  ३० गतेसम्म राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने निर्णय समेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?