शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति, मन्त्रालय अझै फाइनल हुनै बाँकी

लोकपथ
119
Shares

काठमाडौँ ।  सत्ता साझेदार दलको बैठकले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ । तर, मन्त्रीहरुको नाम भने अझै फाइनल हुन बाँकी छ ।

राति अबेरसम्म बसेको बैठकमा दलहरुले पाउने मन्त्रालयबारे सहमति नजुटेपछि बिहीबार  मन्त्रिपरिषद् विस्तार हुन सकेन । शुक्रबार बिहान थप छलफल गरेर सहमति जुटाउँदै सोही दिन मन्त्रिपरिषद् विस्तार गर्ने गरिछाड्नेगरी सहमति भएको एक नेताले बताए ।

उनका अनुसार बिहान सहमति गरेर दिउँसोसम्ममा मन्त्रीको शपथ दिलाउने गठबन्धनमा सहमति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?