काठमाडौं । मन्त्रिपरिषद् विस्तारको छलफल अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्न गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
दलहरुले आ–आफ्नै अडान कायम राखे पनि प्रधानमन्त्रीसँगैको वृहत छलफलपछि मन्त्रालयको भागबण्डा लगभग टुंगिएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गठबन्धन र संसदकै ठूलो दल नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय पाउने देखिन्छ ।
त्यस्तै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रे गृहसहित ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने सहमति बनेको स्रोतको दाबी छ ।
त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने देखिन्छ ।
यता बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने छ भने जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नागरिक उन्मुक्ति पार्टी युवा तथा खेलकुद मन्त्रालय पाउने एकखाले सहमति भएको छ ।
यता जनता समाजवादी पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने देखिन्छ ।
आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथ खुवाउने तयारी रहेको प्रधानमन्त्रीले बताए पनि अन्तिम निर्णय भने हुन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया