काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।
अहिले कांग्रेसका शीर्ष नेताहरु बैठक बसेर त्यस विषयमा छलफल गरिरहेका छन् ।
मन्त्रीहरुको नाम बुझाउने तयारीका साथ छलफल थालिएको कांग्रेसका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए । उनका अनुसार उपसभापति खड्काको नेतृत्वमा सरकारमा जाने तयारी भइरहेको तर आधिकारिक निर्णय हुन बाँकी रहेको छ ।
‘पार्टी उपसभापतिको नेतृत्वमा सरकारमा जाने तयारी भइरहेकाे हो । तर औपचारिक निर्णय हुन भने बाँकी छ ।’ ती पदाधिकारीले लोकपथसँग भने, ‘हामी कसलाई कुन मन्त्रालय भन्ने विषय र कसरी अघि बढ्ने भन्ने अन्तिम निर्णय गर्दैछाैँ’
खड्का उप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जान लागेका हुन् । अर्थमा डा. प्रकाशशरण महतको नाम चर्चा चलेको छ । तर अन्य नेताहरुको नाम भने सार्वजनिक भएको छैन ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग ९ मन्त्रलायको दाबी गरिरहेको छ । त्यसो त अन्य राजनीतिक दलहरुले समेत धेरै मन्त्रालयको भागबण्डा खोजेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको हो । आज बिहान बसेको गठबन्धन बैठकमा सहमति नजुटेपछि पुनः बस्नेगरी बैठक स्थगित भएको थियो ।
दलहरुको भागबण्डा नमिलेपछि प्रधानमन्त्रीले आजै सानो मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया