डा. केसीसँग भएको सम्झौता हुबहु आउनुपर्ने अडानपछि उपसमितिको बैठक स्थगित

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य उपसमिति बैठक स्थगित भएको छ । 

डा. गोविन्द केसीसँग भएको सम्झौता विपरीत सत्तापक्षका सांसदले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पेश गरेपछि बुधवार सिंहदरबारमा बसेको उपसमितिको बैठक स्थगित भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता हुबहु आउनुपर्ने अडान लिएपछि बैठक स्थगित भएको हो । 

बैठकमा सत्तापक्षका सांसदले संशोधनसहितको विधेयक पेश गर्दै पारित गराउन खोजेका थिए ।  

बैठक स्थगित भएपछि उपसमितिका केही सदस्यहरू अहिले अनौपचारिक छलफलमा छन् भने उपसमिति बैठक पुनः कहिले बस्ने टुंगो लागेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?