५ जना राजदूतको सुनुवाई प्रक्रिया थालिने, उजुरीका लागि १० समय छुट्याइयो

काठमाडौं । संसदीय समितिले मुलुकका लागि सिफारिस भएका ५ जना राजदूतको सुनुवाई प्रक्रिया शुरु गर्ने भएको छ । 

गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु  दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो । 

सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदुत विरुद्ध उजुरीका लागि १० दिनको समय दिने सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

त्यस्तै सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । 

बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?