काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको देशकै अग्रणी शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत निर्वाचित भएका छन् ।
सोमबार दिउँसो आएको अन्तिम परिणाम अनुसार बस्नेत १ हजार २ सय ५१ मतसहित सभापतिमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुकी मुना तिवारीले ५ सय ७९ मत प्राप्त गरेकी थिइन् भने अखिल क्रान्तिकारीका बिरेन्द्र जिसिले १६० मत र स्वतन्त्र समूहबाट सभापतिको उम्मेदवार बनेका सुशील धामीले ५७३ मत प्राप्त गरेका थिए ।
सभापतिमा अनेरास्ववियुबाट मुना तिवारी, अनेरास्ववियु क्रान्तिकारीबाट बिरेन्द्र जिसी र स्वतन्त्र समूहबाट सुशील धामी उम्मेदवार रहेका थिए ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघसँगको गठबन्धनमा रहेको समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका मीनबहादुर रावत निर्वाचित भएका छन् । भने सचिवमा नेविसंघका मदनराज उपाध्याय निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा पनि सबै नेविसंघको प्यानल नै विजयी भएको छ ।
शंकरदेवमा लामो समयदेखि निरन्तर नेविसंघले जित्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया