स्ववियु निर्वाचन : यी क्याम्पसहरुमा हुन सकेन मतदान

लोकपथ
49
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।

बिहान ८ बजेबाट मतदान शुरु भएको हो ।

तर कतिपय क्याम्पसहरुमा निर्वाचन हुन सकिरहेको छैन ।

त्रिवि युवा तथा खेलकुद निर्देशनालयका निर्देशक डा. पशुपति अधिकारीका अनुसार काठमाडौं उपत्यकाभित्रका कतिपय क्याम्पसहरुमा निर्वाचन बिथोलिएको छ ।

त्यसमा पाटन क्याम्पस, विश्वभाषा, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल कमर्श क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस लगायतमा चुनाव हुन नसकेको उनले बताए ।

बिहान ८ बजेबाट अन्य क्याम्पसहरुमा भने मतदान भइरहेको छ । लामो समयदेखि निर्वाचन हुन नसकेका कारण विद्यार्थी नेताहरुमा मात्र नभएर विद्यार्थीहरुमा समेत उत्साह देखिएको छ ।

त्रिविको ६२ वटा आंगिक र १ हजार ४० आंगिक क्याम्पसहरुमा निर्वाचनको लागि त्रिविले कर्सुलर जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?