रास्वपाको बैठक स्थगित, उपराष्ट्रपति निर्वाचनबारे सुटुक्क निर्णय गर्ने !

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी तथा संसदीय दलको बैठक अन्तिम अवस्थामा स्थगित भएको छ ।

उपराष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्नका लागि बिहान ११ बजे पार्टी कार्यालय धुम्बराहीमा बैठक बोलाइएको थियो । तर निर्वाचन आचारसंहिताको कारण अन्तिम अवस्थामा बैठक स्थगित गर्नुपरेको पार्टी प्रक्तवा डा. मुकुल ढकालले लोकपथलाई जानकारी दिए । साथै अनौपचारिक रुपमा आन्तरिक छलफल गरी निर्णय गर्ने उनले बताए ।

‘निर्वाचन आचारसंहिताको कारण बैठक स्थगित भएको छ ।’उनले भने, ‘अनौपचारिक रुपमा आन्तरिक छलफलबाट निर्णय लिनेछौँ ।’

उपराष्ट्रपतिको निर्वाचनको लागि मतदान शुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा १० बजेबाट मतदान शुरु भएको हो ।
यसअघि राष्ट्रपति निर्वाचनमा पनि रास्वपाले अन्तिम अवस्थामा आएर निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?