काठमाडौं । हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहाले सफाई पाएको खुशियालीमा सार्वजनिक विदा घोषणा गरेको छ ।
कुश्वाहको स्वागत र सम्मान लागि भन्दै रौतहटको कहटरिया नगरपालिकाले नगरपालिका भित्रका सबै वडा कार्यालय र नगरका विद्यालयमा आज सार्वजनिक विदा दिएको हो ।

विश्व हिन्दु महासंघ पर्साका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
अदालतले जेल सजाय तोकेका उनी मेयरमा निर्वाचित भएका थिए । तर, फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ परेका थिए ।
सर्वोच्च अदालतले उनलाई शुक्रबार सफाइ दिएपछि जेलमुक्त भएका हुन् ।
हेलिकप्टर चढेरै गाउँ पुगे
जेलमै रहेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी हेलिकप्टर चढेर रौतहट पुगेका थिए । शनिबार दिउँसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया पुगेका हुन् ।
दिउँसो करिव दुई बजे कटहरियास्थित जनता माविको प्रागणमा उनी हेलिकप्टरबाट उत्रिए । मेयर कुश्वाह आउने सुचना पाएका स्थानीय तथा उनका शुभ चिन्तकहरु बिहानैदेखि पर्खाइमा थिए ।
मेयर कुश्वाहलाई सयौं स्थानीय तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरे । प्रतिक्रियावादीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउदै कुश्वाहले न्यायको जीत भएको प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया