एसपी ऋषिराम कँडेल पुन: सेवामा फर्किए

लोकपथ
266
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका तत्कालीन एसपी ऋषिराम कँडेललाई पुन: सेवामा फर्काएको छ । तस्करलाई सघाएको आरोपमा एसपी कँडेललाई प्रहरी प्रधान कार्यालयले पुस २० मा पश्चिम नवलपरासीबाट फिर्ता बोलाएको थियो ।

पश्चिम नवलपरासी स्थित नेपाल–भारत सीमाबाट हुने तस्करीलाई कँडेलले खुला गरेको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । छानबिनबाट कँडेलले त्यस्तो गतिविधि गरेको पुष्टि नभएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले लोकपथलाई जानकारी दिए ।

सेवामा फिर्ता बोलाइएपछि उनलाई कोशी प्रदेश प्रहरी कार्यकालमा सरुवा गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?