काठमाडौं । बुटवल ईलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले व्यापारीबाट नियन्त्रणमा लिइएको ३५ तोला सुन नियन्त्रणमा लिएर आफ्नै घरमा नियतबस नै राखेको अनुसन्धानबाट खुलेको छ ।
व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि ११ पुसमा डिएसपी केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले निवासबाटै सुनसहित पक्राउ गरेको थियो। पछि उनलाई निलम्बन गरी छानविन समिति मार्फत अनुसन्धान गरिएको थियो।
छानविन समितिले डिएसपी ठगबहादुर केसीले सुन व्यापारीसँग रितपुर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैँले लिन खोजेको निष्कर्ष निकालेको हो।
नेपाल प्रहरीका प्रवक्ता प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार अनुसन्धानका क्रममा उनले सुन नियन्त्रणमा लिदा मुचुल्का नउठाएको र कानुन वमोजिम बरामद भएको कुराको प्रक्रिया नपुर्याएका कारण उनलाई कारबाहीका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया