सुनुवाइ समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पुस १५ गते बोलायो

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदको सार्वजनिक लेखा समितिले पुस १५ गते छलफलका लागि बोलाएको छ । 

शुक्रवार बसेको समितिको बैठकले जबरामाथि परेको ९ उजुरीको विषयमा छलफल गर्न पुस १५ गते (आइतवार) दिउँसो २ बजेलाई बोलाएको हो ।

जबराविरुद्ध सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्को सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश जबराका लागि पुस २ गते १० दिने म्याद राखेर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।

समितिले बिहीवार मात्रै उनीविरुद्ध परेका उजुरी खोलेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?