प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्धको उजुरीमाथि छलफल आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा परेका उजुरीमाथि आज छलफल हुँदैछ । 

समितिमा परेका नौ वटा उजुरीमाथि छलफल गर्न उजुरीकर्तालाई दिउँसो ३ बजे बोलाएको छ । गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि पुस २ गते १० दिने म्याद राखेर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।

समितिले बिहीबार मात्रै उनीविरुद्ध परेका उजुरी खोलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?