चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

लोकपथ
98
Shares
{“caption”:”u0935u093fu0936u094du0935 u0916u093eu0926u094du092fu0915u094b ‘u0905u0916u093eu0926u094du092f’ u0905u0928u0941u0926u093eu0928 : u0935u093fu0936u094du0935 u0916u093eu0926u094du092f u0915u093eu0930u094du092fu0915u094du0930u092eu0932u0947 u0928u0947u092au093eu0932u0932u093eu0908 u0905u0928u0941u0926u093eu0928u0938u094du0935u0930u0942u092a u092au0920u093eu090fu0915u094b u096bu096a u0939u091cu093eu0930 u0915u093fu0932u094b u091au093eu092eu0932 u092cu094bu0915u0947u0930 u0906u090fu0915u093e u0924u0940u0928 u0915u0928u094du091fu0947u0928u0930 u0928u0947u092au093eu0932u0917u0928u094du091c u0928u093eu0915u093eu092eu093e u0964 u0924u0938u094du092cu093fu0930 : u091cu0947 u092au093eu0923u094du0921u0947/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ ।

समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो । चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन् ।

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ । नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमूना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्ज पठाइएको थियो । प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि नाकामै रोकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, “गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियमानुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकेका हौँ”, भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन् । विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक–पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ ।

यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको पाँच सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?