काठमाडौं । प्रहरीले कालोमोसो अभियानका संयोजक शम्भु थापालाई पक्राउ गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको हो ।
दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।
थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया