भोलि बिहान ११ बजेसम्म काठमाडौं आइसक्न सांसदलाई ८ दलीय गठबन्धनको निर्देशन

लोकपथ
266
Shares

काठमाडौं । सत्तारुढ ८ दलीय गठबन्धनले बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइसक्न सांसदहरुलाई आग्रह गरेको छ ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको ८ दलको बैठकले सो निर्देशन दिएको हो ।

बिहीबार राष्ट्रपति निर्वाचन हुँदैछ । सो क्रममा सतप्रतिशत सांसदहरुलाई निर्वाचनमा उपस्थिती जनाउने उदेश्यका साथ बोलाइएको एक नेताले जानकारी दिए ।

यसअघि नै ८ दलीय गठबन्धनले प्रदेश तथा संघीय सांसदहरुलाई अभिमुखीकरण गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय सदनको दुवै सदन (प्रतिनिधि र राष्ट्रिय सभा) का सांसद र प्रदेश सभा सदस्यले मतदान गर्नेछन् ।

फागुन २५ गते हुने निर्वाचनका लागि ८ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?