काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा बसेर काठमाडौं शहर हेर्ने इच्छा व्यक्त गरेका छन् ।
बिहीवार धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब बन्ने नयाँ धरहराको टुप्पोमा बसेर काठमाडौंको सुन्दर शहर हेर्ने इच्छा व्यक्त गरेका हुन् ।
उनले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’
ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे ।
२०७२ वैशाख १२ गते गएको महाभूकम्पबाट भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया