काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी द्धन्दकै कारण नेपालमा राजतन्त्र फालिएको र गणतन्त्र नआएको दाबी गरेका छन् ।
आइतबार सुखानी बलिदानको ५०औं स्मृति दिवश तथा सहीद दिवशलाई सम्बोधन गर्र्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मान्छेको हत्या गरिएको दाबी गरे ।
‘२०५२ साल पछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए। नेपालमा भएको के थियो, के प्राप्तिको लागि मारिए? बहुदलीय व्यवस्था आएकै थियो। के को लागि मारिए त भन्दा अनौठो छ ।’ ओलीले भने ।
१० वर्षे सशस्त्र युद्ध गणतन्त्रका लागि भनिए पनि २०६३ सालमा हिंसा समाप्त भइ वृहत शान्ति सम्झौता भएको र २०६५ सालमा संविधानसभाले राजतन्त्र हटाएको जिकिर गरे ।
उनले भने, ‘आज गणतन्त्रका लागि भनिन्छ । २०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा । ६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला? जनयुद्धबाट कब्जा त गरेको होइन होला त? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया