महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शितला माविलाई तीन पदक

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौं महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा काठमाडौं महानगरपालिका वडान नम्बर १६ बालाजुस्थित शितला माध्यमिक विद्यालयले तीनवटा पदक जितेको छ । गत फागुन ९ गतेदेखि ११ गतेसम्म भएको उक्त प्रतियोगितामा शितलाले १ स्वर्ण, १ रजक र १ कास्य पदक जितेको हो ।

जसअन्तर्गत लङजम्पमा केशव यादवले स्वर्ण पदक जित हात पारेका थिए । त्यस्तै, ८०० मिटरको दौडमा रोशन बोहराले रजत पदक जितेका थिए भने ४×४०० मिटर छात्र रिलेमा प्रशान्त मगर, विवेक घले, सरोज श्रेष्ठ र गौतम राईले कास्य पदक हात पारेका हुन् ।

यो जितले विद्यालयमा विद्यार्थीको शैक्षिक विकासका साथै शारिरीक, मानसिक तथा वौद्धिक विकासका लागि महत्वपूर्ण कार्य गरेको शिक्षिका सुष्मा देवकोटाले बताउँछिन् ।

प्रतियोगितामा विद्यालयले भलिवल छात्र, कबड्डी छात्र, एथलेटिक्समा दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर छात्र तर्फ प्रतिष्पर्धा गरेको थियो । त्यसैगरी छात्रा तर्फको एथलेटिक्सको दौडमा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटरमा सहभागि भएको थियो । सो विद्यालयले ४×१०० र ४×४०० मिटर छात्र रिले र ४×१०० छात्रा रिले दौडमा भाग लिएको थियो ।

विद्यालयले फिल्ड तर्फको खेलमा हाईजम्प, लङजम्प, ट्रिपल जम्प र ज्याभलिन थ्रोमा भाग लिएको शितलाका खेल शिक्षक केशव श्रेष्ठले जानकारी दिए ।

विद्यालयको तर्फबाट कराते यु ४५ गर्ल्स, कराते यु ४८ गर्ल्स, कराते यु ५२ गल्र्स, तेक्वाण्डो यु ४८ ब्वाइज, यु ५१ बोइज, तेक्वाण्डो यु ४४ गर्ल्स, यु ४६ गर्ल्स प्रतियोगितामा समावेश भइ उत्कृष्ट खेल प्रदर्शन गरेको शिक्षिका देवकोटा बताउँछिन् ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले उक्त खेलमा विद्यालयले स्वर्ण, रजत र कास्य पदक जितेकोमा विजयी खेलाडिलाई बधाई दिदैं शिक्षक कर्मचारीहरुको सामुहिक प्रयास तथा अभिभावकको सक्रिय सहयोग साथै विद्यार्थीहरुको लगनशीलताका कारण यो उपलव्धी सम्भव भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालयमा शिक्षासँगै अतिरिक्त कृयाकलापलाई आगामि दिनमा क्रमशः शैक्षिक कार्यपात्रोमा राखी अगाडि वढाउन विद्यालय तत्पर रहेको बताए ।

उक्त प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण भने गत १६ गते राष्ट्रिय सभा गृहमा गरिएको थियो । पुरस्कार वितरण समारोह काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहको प्रमुख आतित्थ्य र उपमेयर सुनिता डंगोलको विशेष आतिथ्यता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?